सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
प्युठान – माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका यात्रुले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका धेरैजसो क्षेत्र तथा गुल्मीको मदाने गाउँपालिकाका स्थानीयबासिन्दा आवतजावत गर्ने सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ । दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा र रोल्पाको लिवाङ जोड्ने मुख्य सडक अवरुद्ध हुँदा दैनिकी प्रभावित बन्ने गरेको छ ।
भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोला लगायतका ठाउँमा निरन्तर पहिरो खस्दा समस्या हुने गरेको छ । प्युठान नगरपालिका–७ का टीकाराम पोख्रेलका अनुसार गर्जेनीमा पहिरो गयो कि, बाटो बन्द भयो या भएन भनेर समाचार, सूचना हेरेर सुनेर मात्रै यात्रा गर्नुपर्ने बाध्यता छ ।
हरेक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा सास्ती खेप्नुपरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गर्नुभयो । भालुवाङ–प्युठान सडकअन्तर्गत बडडाँडा–चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ ।
हिजो शनिवार पनि गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायात सञ्चालन गरिएको थियो । सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न छ लाख रुपैयाँ खर्च भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।