सीआईबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीको सरुवा, रामदत्त जोशी एआइजीमा बढुवा

 साउन २३, २०८१ बुधबार ७:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को प्रमुखबाट एआइजी श्यामलाल ज्ञवालीलाई हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश समन्वय विभागमा पठाएको छ । उहाँ चार महिनाअघि मात्र सीआइबीमा सरुवा हुनुभएको थियो । सहकारी ठगी र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा ज्ञवालीलाई प्रहरीले छानबिन गरिरहेको छ ।

यस्तै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ । यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको र हिजो एआइजीमा बढुवा भएका रामदत्त जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो ।

रकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको जानकारी दिनुभयो ।

यस्तै सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।     
     

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया