पेरिस ओलम्पिकको पुरुष भलिबलमा अमेरिकालाई हराउँदै पोल्याण्ड फाइनलमा, स्वर्णका लागि फ्रान्ससँग खेल्ने

 साउन २४, २०८१ बिहीबार १०:३१:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा अमेरिकालाई हराउँदै पोल्याण्डले स्वर्ण पदकका लागि फ्रान्ससँग खेल्ने भएको छ । गएराति दक्षिण पेरिसको एरिना–१ मा भएको सेमिफाइनलमा अमेरिकालाई हराएर पोल्याण्ड ४८ वर्षपछि पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो चार सेट २–२ को बराबरीमा पुगे पनि  पाँचौँ तथा निर्णायक सेट १५–१३  जित्दै पोल्याण्ड फाइनलमा पुगेको हो । गएराति नै भएको अर्को सेमिफाइनलमा इटालीलाई सोझो सेटमा पराजित गर्दै फ्रान्सले पोल्याण्डसँगको भेट पक्का गरेको हो । यी दुईबीच स्वर्ण पदकका लागि पर्सि राति खेल हुनेछ ।

महिला तर्फको फाइनल प्रवेशका लागि भने आज राति खेल हुनेछ । राति पौने ८ बजे ब्राजिल र अमेरिका तथा पौने १२ बजे टर्की र इटाली खेल्दैछन् । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया