गाजामा इजरायलबाट भएको हवाई आक्रमणमा परी कम्तिमा ९० जनाको ज्यान गयो

 साउन २६, २०८१ शनिबार १२:७:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजाको एउटा आश्रयस्थलमा इजरायलबाट भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गएको छ । घटनामा केही घाइते भएका गाजाको हमास लडाकु नियन्त्रित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । विद्यालयमा रहेको आश्रयस्थलमा इजरायली सेनाले हवाई आक्रमण गरेको सिभिल डिफेन्स एजेन्सीका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलको सेनाले आक्रमण गर्नुको आफ्नो लक्ष्य विद्यालयमा रहेको हमासको कमाण्ड सेन्टर केन्द्रित भएको जनाएको छ । हमास लडाकु समूहले गएको अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेपछि इजरायलले  जबाफी कारवाही गर्दै आएको छ ।

गाजाको हमास समूहद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ३९ हजार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया