एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
रौतहट – रौतहटमा एक यात्रुबाहक बसले कुल्चेर एकजना पैदल यात्रीको घटनास्थलमै ज्यान गएको छ ।
गौर–चन्द्रनिगाहपुरसँगै जोडिएको सहायक राजमार्ग सडकखण्ड अन्तर्गत पर्ने गौर नगरपालिका –६, सिसवा चोकमा सदरमुकाम गौरबाट काठमाडौंको लागि हिँडेको ना५ख ७३६९ नम्बरको बाहुबली ट्राभल्सले राजदेवी नगरपालिका -२, हजमिनियाका ५५ वर्षीय सुखाडी महतोलाई बसको अगाडिको चक्काले कुल्चिँदा घटनास्थलमै ज्यान गएको हो ।
शुक्रबार राति ८ बजे गौरबाट राजधानीतर्फ अत्याधिक तीव्र गतिमा रहेको बसले बाटो काट्दै गरेको महतोलाई कुल्चेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले घटना अत्यन्त विभत्स भएको बताउँदै मृतक महतोको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल
गौरमा राखिएको र बस चालक सर्लाहीका हिरालाल महतोलाई नियन्त्रणमा लिएर घटनाबारे गहन रुपमा अनुसन्धान भइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।