टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
पाकिस्तानमा मङ्कीपक्स अर्थात् 'एमपक्स' को पहिलो सङ्क्रमित भेटिएका छन् । खाडी देशबाट फर्किएका खैबर पख्तुनख्वाको मरदान जिल्लाका एक व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सङ्क्रमित व्यक्ति क–कसको सम्पर्कमा आएका थिए भन्नेबारे पत्ता लगाउने काम भइरहेको बताएका छन् । यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले स्वास्थ्य मन्त्रालयलाई कुनै पनि स्थितिको सामना गर्नका लागि सतर्क रहन निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।
यसअघि स्विडेनमा एक जनामा एमपक्स सङ्क्रमण देखिएको थियो । अफ्रिकाका केही भागहरूमा एमपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हिजो विश्वव्यापी आपत्कालको घोषणा गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।