अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – मङ्कीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुगेको छ । पछिल्ला केही हप्तादेखि तीव्र गतिमा फैलिरहेको र मृत्युदर उच्च भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी समस्या बन्न सक्ने चेतवानी दिएको छ । मङ्कीपक्सलाई लिएर बुधवार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले विश्वव्यापी समस्याको चेतावनी दिएको हो ।
यस अघि महामारीका रुपमा फैलिएको कोभिड–१९ को मृत्युदर एक प्रतिशत भन्दा पनि कम रहेकोमा मङ्कीपक्सको चार प्रतिशत भन्दा धेरै हुनु समस्यापूर्ण रहेको डब्ल्यूएचओको भनाइ छ । अफ्रिकामा एक हप्तामै एक हजार दुई सय जनामा मङ्कीपक्स सङ्क्रमण प्रमाणित भएको छ ।
योसँगै सन् २०२४ को जनवरीदेखि अफ्रिकामा कुल १८ हजार सात सय ३७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले जनाएको छ । अफ्रिका बाहिर स्विडेन र पाकिस्तानमा पनि यस हप्ता मङ्कीपक्स सङ्क्रमण फेला परेको छ । मङ्कीपक्स सङ्क्रमणको फैलने क्रम तीव्र बनेपछि डब्ल्यूएचओको आपत्कालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।
मङ्कीपक्स संक्रमितले अर्को व्यक्तिलाई छुँदा पनि सर्न सक्छ । मङ्कीपक्सको कुनै निश्चित औषधि छैन । लक्षणअनुसार उपचार गर्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।