अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
नेपाल एक दिवसीय क्रिकेट वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो ।यसअघि नेपाल १७ औँ स्थानमा थियो ।
क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो । तर नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो ।
दुई स्थान खस्किएर क्यानडा १८ औँ स्थानमा पुगेको छ । एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । एक दिवसीय क्रिकेट वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् ।
टी ट्वान्टीआईतर्फ भने नेपाल १७ औँ स्थानमा कायमै रहेको छ । टी ट्वान्टीआईको शीर्ष स्थानमा भारत छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।