अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल कृषि अनुसन्धान परिषद् नार्कका कर्मचारीहरूले प्राविधिक र प्रशासनिक समूहका कर्मचारीको समान तलबमान कायम गर्न दिएको अदालतको आदेश कार्यान्वयनको माग गर्दै आन्दोलन थालेका छन् । कर्मचारीहरूले समान तलबमानको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
रिटमा उच्च अदालत पाटनले समकक्षी प्राविधिक प्रशासनिक कर्मचारीसँगको समान आधारभूत मासिक तलबमानलाई असमान कार्य गर्नु विभेदकारी भएको ठहर गर्दै २०८१ साउन १ गतेदेखि लागू हुने गरी समान तलबमान कायम गर्न परमादेश जारी गरेको थियो । तर, नार्क व्यवस्थापनले अझैसम्म अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेकाले हिजोदेखि चरणबद्ध आन्दोलन गर्नुपरेको कर्मचारीहरूले बताएका छन् ।
उनीहरुले नार्कका निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।