प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीलाई हराउँदै एपीएफकाे लग...
माघ २, २०८१ बुधबार
बाँके – बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीजको बेलामा पनि नेपालगञ्ज बजारमा व्यापार नहुँदा भारतीय बजारमा भने नेपाली उपभोक्ताको लर्को लागेको हो ।
नेपाली बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमापारि भारतीय बजार रुपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । नेपालगञ्जका व्यापारी भने चिन्तित् छन् ।
भारतीय बजारका धेरैजसो उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैयाँ र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरूले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् ।
नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताउनुभयो । चाडपर्व मात्र नभई अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।
रुपैडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक झन्डै एक करोड रुपैयाँको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको हरेक चुनावका बेला नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने नारा बन्ने गर्दछ तर चुनावपछि सेलाउँदै जाने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।