आठ सय वर्षयताका ठूला भूकम्पहरूको नालीबेली
माघ २, २०८१ बुधबार
भाेजपुर – हराएको ३३ वर्षपछि युट्युब च्यानल 'हेर्ने कथा' मार्फत बाहिर आएका भोजपुरका प्रकाश तामाङका लागि घर निर्माण शुरू भएको छ ।
भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण हुने घरको पूर्वमन्त्री एवम् सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो) का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरूपमा शिलान्यास गर्नुभएको छ ।
गेसोका अध्यक्ष राईले आफ्नो पुर्ख्याैली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिनुभएको छ । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण हुनेछ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउने लक्ष्य छ ।
झन्डै ३३ वर्ष हराएका ४३ वर्षीय तामाङको अवस्था 'हेर्ने कथा' ले बाहिर ल्याएर बुबाआमासँग भेट गराइदिएको थियो । प्रकाशका लागि अहिले सहयोगी निकायबाट सहयोग हुँदै आइरहेको छ ।
तस्बिर : पूर्वमन्त्री किरातीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।