चितवनको राप्ती नदीमा बेपत्ता दुई जनाको खोजी चल्दै

 भदौ २२, २०८१ शनिबार १२:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चितवनको राप्ती नदीमा दुई जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा हिजो दिउँसो माछा मार्न गएका उनीहरु नदी तर्दै गर्दा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार र भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी रहेका छन् । उनीहरुसँगै गएका रोहितकुमार चौधरी भने नदी तर्न सफल भएका प्रहरीले जनाएको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोली, प्रहरी र स्थानियबासिन्दाले बेपत्ता परियार र चौधरीको खोजी गरिरहेका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया