गाजामा पछिल्लो इजरायली हवाई आक्रमणमा ४० जनाको ज्यान गयो

 भदौ २५, २०८१ मंगलबार १२:२९:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा ४० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा प्रशासनले मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा आक्रमण हुँदा ४० जनाको ज्यान गएको र अन्य धेरै व्यक्ति घाइते भएका जनाएको छ ।

इजरायली सेनाले भने खान युनिसमा हमासले सञ्चालन गरेको केन्द्रमा आक्रमण गरेकाे र नागरिकलाई क्षति हुनबाट जोगाउने उपायहरू अपनाइएको दाबी गरेको छ । स्थानीय बासिन्दाले युद्धका कारण विस्थापित मानिसहरूको आश्रयस्थलमा आक्रमण भएको बताएका बीबीसीले जनाएको छ ।

गएको वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान शुरू गरेपछि हजारौं विस्थापित प्यालेस्टिनी आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए । इजरायली सैन्य अभियानमा अहिलेसम्म ४० हजार ५ सय जनाभन्दा बढी मानिस मारिएका छन् ।

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया