सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दुईतर्फी नै चले पनि गाडीको चाप रहेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि गाडीको ओहोरदोहोर सामान्य हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार पहिरो खसेका ठाउँहरुमा गाडी सञ्चालन हुन अझै समस्या छ । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले ती ठाउँहरुमा आलोपालो गरेर गाडी सञ्चालनमा ल्याइएको छ ।
नागढुङ्गा– मुग्लिन सडक योजनाले यो सडकको विकल्पमा साना र मझौला गाडीहरुले सितापाइले–धार्के तथा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सक्ने जनाएको छ । ठूला गाडीहरुलाई भने नागढुङ्गा–नौबिसे सडकखण्ड प्रयोग गर्नुको विकल्प छैन ।
प्रहरीले अझै केही दिन अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र यात्रा गर्नुपहिले सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । यतिबेला नागढुङ्गादेखि नारायणगढसम्म कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।