सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
ललितपुर – ललितपुर महानगरपालिकाले पाँच वटा डुङ्गा किन्ने भएको छ । सिंहदरबारमा हिजाे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भर्खरैको बाढी र र डुबानमा डुङ्गा नहुँदा उद्धारमा समस्या परेको भन्दै अब महानगरले पाँच वटासम्म डुङ्गा किनेर राख्ने बताउनुभयो ।
मेयर महर्जनले जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टिको सम्भावना कुनै पनि बेलामा रहनसक्ने भन्दै आउँदा दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुङ्गा किनेर राख्ने जानकारी गराउनुभयो । उहाँले बाढीका कारण बाग्मतीमा धेरै जनावर बगेको र चोभारमा अड्किएकाले त्यहीँ खाल्डो खनेर व्यवस्थापन गर्न पहल गरिरहेको उल्लेख गर्नुभयो ।
विपद्जन्य घटनामा राहत र उद्धारका लागि वडाअध्यक्षलाई पूरा अधिकार दिएको मेयर महर्जनको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।