ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गएपछि विराटनगर भन्सार कार्यालयमा तोडफोड

 असोज १८, २०८१ शुक्रबार १५:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ट्रकको ठक्करबाट साइकल यात्रीको ज्यान गएपछि मोरङको विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा तोडफोड भएको छ ।

हिजो बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्री ६० वर्षका श्याम साहको ज्यान गएको थियो ।

ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयबासिन्दा र आफन्तले आज प्रदर्शन गरेका हुन् । भन्सार कार्यालयमा तोडफोड हुँदा अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार तोडफोडबाट भन्सार कार्यालयको गेट र भवनमा क्षति पुगेको छ ।
 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया