दशैँ मनाउन गाउँघर फर्कनेलाई सडकको चिन्ता, केही सडक खण्ड अझै खुल्न बाँकी

 असोज २२, २०८१ मंगलबार ६:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँ मनाउन घर फर्कनेहरुको चहलपहल बढ्न थालेको छ । तर विभिन्न ठाउँमा सडक अवरुद्ध र जीर्ण भएकाले यात्रा कष्टकर बनेको यात्रुको गुनासो छ । खुलेका सडकमा पनि पहिरोको जोखिम भएकाले यात्रुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् ।

बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग, कान्ति लोकपथ अझै खुलेको छैन । बझाङको जयपृथ्वी राजमार्ग पनि अस्ति आइतवारदेखि बन्द छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि खुलेको छैन । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आए पनि कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।

काठमाण्डौको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ ।

बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाण्डौ–हेटौँडा जोड्ने सडक बनेका छन् ।

खुलेका सडकमा पनि जोखिम रहेको प्रहरीले जनाएको छ । पानी परेर भिजेका ठाउँमा फेरि पहिरो खस्ने जोखिम रहेकाले गाडीमा यात्रा गर्दा चालक, यात्रु र व्यवसायीलाई विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया