काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

 असोज २५, २०८१ शुक्रबार १२:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले लिग चरणको आफ्नो पाँचौ तथा अन्तिम खेलमा आज तुर्कमेनिस्तानसँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र तुर्कमेनिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे शुरु हुनेछ । हिजो भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटले पराजित भयो ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलङ्का र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको थियो । कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै श्रीलङ्का र उज्बेकिस्तान तथा किर्गिस्तान र माल्दिभ्स पनि खेल्दैछन् ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी छ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष दुई टोलीबीच भोलि शनिवार फाइनल खेल हुनेछ ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया