राहदानी वितरणको काम ठप्प हुँदा सेवाग्राही मारमा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का इङ्गल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल राति पौने ८ बजे दुबईमा शुरू हुनेछ । यो खेलसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुनेछ ।
समूह ‘ए’ बाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा, दक्षिण अफ्रिका ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा र वेस्ट इन्डिज ३ खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा छन् । तीन वटै टोली सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।
महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल पर्सि बिहीवार र दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ । यस्तै फाइनल खेल आउँदो आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।