अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रवारदेखि युएईमा शुरु हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् ।
टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् । यसअघि घोषित १८ सदस्यीय टोलीबाट विकेटकिपर दिलसाद अलीसँगै तीव्र गतिका बलरद्वय राजेश यादव र दयानन्द मण्डल टोलीमा परेका छैनन् ।
मंसिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ देशले सहभागीता जनाउँदै छन् ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।