एशिया कप खेलेर नेपाली यू–१९ टोली स्वदेश फर्कियो

 मंसिर २०, २०८१ बिहीबार ९:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एशियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कप–२०२४ मा सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।

पुरुष १९ वर्षमुनिको एशिया कपका खेलहरू खेलेर नेपाली टोली हिजो बेलुका स्वदेश फर्किएको हो । एशिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जीत हासिल गरेको थियो ।

नेपालले अस्ति मङ्गलवार अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सान्त्वना जीत निकालेको हो । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एशिया कपबाट बाहिरिएको हो ।
 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया