त्रिविका समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीलाई प्रधानमन्त्...
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – धादिङको कृष्णभीरबाट त्रिशूली नदीमा खसेको ग्यास बुलेटका चालक र सहचालको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको प्रहरीले जनाएको छ ।
चितवनबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट आज बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ कृष्णभिरबाट त्रिशूली नदीमा खसेको हो । बुलेटमा रहेका चालक तथा सहचालकको अवस्था थाहा हुन सकेको छैन ।
बुलेट दुर्घटना स्थल वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको एक सय नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।