गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहन्छाैँ : अमेरिकी राष्...
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।
पोखराको अदालतले लामिछानेलाई छैटौँपटक हिरासतमा राख्ने म्याद थप गर्ने क्रममा लामिछानेको मानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको छ । लामिछानेमाथि अनुसन्धानका लागि शुरुमा छ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप चार दिन म्याद थप भएको हो । लामिछानेलाई गएको बुधवार चितवनमा बयान लिएपछि प्रहरीले मध्यरातमा पोखरा फर्काएको थियो ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, काठमाण्डौ, रुपन्देही र पर्सामासमेत सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । पर्साबाहेक अरू जिल्लामा बयान सकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।