भारतको मुम्बईमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा चार जनाको ज्यान गयो

 मंसिर २५, २०८१ मंगलबार ९:४३:४७ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

भारतको मुम्बईमा एउटा बस अनियन्त्रित भएर अरुलाई किच्दा चार जनाको ज्यान गएको छ । अरु २५ जना घाइते भएका छन् ।

कुर्लाबाट अंधेरीतर्फ गुडिरहेको बस नियन्त्रण बाहिर गएपछि चालकले नजिकमा रहेका केही गाडीलाई पनि ठक्कर दिएका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दिले जनाएको छ । दुर्घटनामा घाइते हुने सबैको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटना भएको ठाउँबाट हटाइसकेको र निरीक्षणका लागि लगिएको खबरमा उल्लेख छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।   
 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया