सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने एमालेको निर्णय

 पुष १, २०८१ सोमबार ७:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेकपा एमालेले राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित पार्टी सङ्गठन गतिशील बनाउन र नागरिकसँग जोडिन भन्दै सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

काठमाण्डौमा भएको प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इन्चार्ज, अध्यक्ष र सचिवको दुईदिने कार्यशालाले सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने निर्णय गरेको हो । सङ्घ, प्रदेश र पालिका सरकारका कामकारबाहीलाई नागरिकसँग जोड्ने र त्यसका लागि पार्टी सङ्गठन सक्रिय बनाउने कार्यक्रम एमालेले तय गरेको छ ।

माघदेखि ३ महिने वडाकेन्द्रित अभियान सञ्चालन हुने एमालेले जनाएको छ । राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै ‘जनतासँग जनसङ्गठन अभियान’ सञ्चालन गर्ने सङ्कल्प पनि लिएको छ ।

युवालाई पार्टीमा जोड्ने नीति लिँदै चैतसम्ममा राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय पनि राष्ट्रिय कार्यशालाले गरेको छ । एमाले नेतृत्वविरुद्ध घेराबन्दी, आक्रमण भएको जनाउँदै त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । 

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया