क्यानडामा उपप्रधान तथा अर्थमन्त्री फ्रिल्यान्डको राजीनामा

 पुष २, २०८१ मंगलबार १२:४७:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिनुभएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन सक्ने करको मुद्दामा दुई जनाबीच मतभेद थियो । यो राजीनामा प्रधानमन्त्री ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको बीबीसीले जनाएको छ ।

ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आउनुभएको छ । फ्रिल्यान्डको ठाउँमा क्यानडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ । फ्रिल्यान्डले उपप्रधानमन्त्री पद छोडेपछि विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन् ।

ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा माग्नुभएको खबरमा उल्लेख छ ।

लिबरल पार्टीका नेता ट्रुडो पहिले नै सर्वेक्षणमा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभ्रेभन्दा २० प्रतिशतले पछि हुनुहुन्छ । सर्वेक्षणअनुसार पहिलो पटक प्रधानमन्त्री हुँदा ६३ प्रतिशत समर्थक रहेकामा अहिले ट्रुडोको २८ प्रतिशत मात्रै समर्थक रहेका छन्  ।

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया