एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – चलचित्र ‘बम बहादुर’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले झण्डै ९० वर्ष पहिले दार्जिलिङका नेपाली समुदायले भोगेका ऐतिहासिक सङ्घर्ष र सामाजिक चुनौतीहरूको कथा समेटेको छ।
चलचित्रको मुख्य कथावस्तु गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा आधारित छ, जहाँ बम बहादुर नामक पात्रको सङ्घर्षमय जीवनलाई केन्द्रमा राखेर नेपाली समुदायको आरोह-अवरोहलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
दार्जिलिङको सामाजिक र राजनीतिक परिवेशलाई कथामार्फत प्रभावकारी रूपमा चित्रण गर्न खोजिएको छ। चलचित्रमा बम बहादुरको रूपमा मुख्य भूमिका सौगात मल्लको छ ।
चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, शान्तिला तामाङ, रिया भुजेललगायतका कलाकारहरूको अभिनय छ।
जोन राईको निर्देश रहेको चलचित्रमा दार्जिलिङका सुन्दर प्राकृतिक दृश्यहरूलाई पर्दामा उतार्दै, चलचित्रले दर्शकलाई सौन्दर्य र सङ्घर्षको समिश्रण अनुभव गराउने प्रयास गरेको छ।
‘बम बहादुर’ नेपाली समुदायको ऐतिहासिक सङ्घर्षलाई पर्दामा हेर्न चाहने दर्शकका लागि विशेष आकर्षण बन्ने विश्वास गरिएको छ।
नेपाल र भारतमा एकै दिन प्रदर्शनमा आउनुले यो चलचित्रले दुई देशका दर्शकबीच एकसमान उत्साह र चासो पैदा गर्ने अपेक्षा गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।