नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्गलादेशले 'क्लिन स्वीप' गरेको छ । बङ्गलादेशले टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजमाथि पहिलो क्लिन स्वीप हात पारेको हो ।
आज बिहान सकिएको तेस्रो तथा अन्तिम खेलमा बङ्गलादेशले वेस्ट इन्डिजलाई ८० रनले हरायो । बङ्गलादेशले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६ ओभर ४ बलमा १ सय ९ रन बनाउँदै अलआउट भयो । वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले सबैभन्दा धेरै ३३ रन बनाए । बङ्गलादेशका रिशद होसैनले ३ विकेट लिए ।
यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनायो । बङ्गलादेशका जकेर अलीले नटआउट ७२ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले २ विकेट लिए ।
बङ्गलादेशले पहिलो खेल ७ रन र दोस्रो खेल २७ रनले जितेको थियो । यस्तै बङ्गलादेश र वेस्ट इन्डिजबीचकाे तीन खेलकाे एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा वेस्ट इन्डिजले क्लिन स्वीप गरेकाे थियाे । यसअघि भएकाे दुई खेलकाे टेस्ट क्रिकेट शृङ्खला १–१ काे बराबरीमा सकिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।