महुली लघुवित्तको एफपीओमा आवेदन खुल्याे

 पुष ५, २०८१ शुक्रबार १५:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महुली लघुवित्तले आजदेखि थप सार्वजनिक निष्कासन अर्थात् एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले चार करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यका ४ लाख ७५ हजार ४ सय ४९ कित्ता शेयर निष्कासन गरेको हो । एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेकाे सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले अहिले कायम सर्वसाधारण समूहको हिस्सा १९ दशमलव ६८ प्रतिशतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्‍याउनका लागि एफपीओ निष्कासन गर्न लागेको बताएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया