हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको 'क्लिन स्वीप'

 पुष ५, २०८१ शुक्रबार १६:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाली युवा टोलीले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले हङकङलाई १ सय ३० रनले हरायो ।

नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रनमात्र बनाउ सक्यो । हङकङका प्रीत मन्गुकियाले नटआउट ५५ रन बनाए । नेपालका कप्तान अभिषेक तिवारी र अफ्रुद्दीन राइनले २/२ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ६५ रनमा अलआउट भयो । नेपालका सूर्यंशु कोइरालाले ६०, अभिषेक तिवारीले ५६, सन्तोष यादवले ५३ रन बनाए । हङकङका डेनेल माप, पार्थ श्रीवास्तव, शयन पुरी र प्रीत मन्गुकियाले २/२ विकेट लिए ।

नेपालले पहिलो खेल ३ विकेट र दोस्रो खेल २ सय २६ रनले जितेको थियो । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भएको हो । विश्वकप एशिया छनोट आउँदो वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया