नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ’सुपर–फोर’ मा बङ्गलादेशसँगकाे खेलमा नेपालले टस हारेकाे छ ।
मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा बङ्गलादेशकी कप्तान सुमैया अख्तरले टस जितेर नेपाललाई पहिला ब्याटिङकाे निम्ताे दिएकी छिन् । नेपाल र बङ्गलादेशसँगकाे खेल बिहान पाैने १२ बजे शुरू हुनुपर्ने भए पनि वर्षाका कारण ढिलाइ भएकाे हाे । खेल ११ ओभरमा झारिएकाे छ ।
यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यो खेलमा नेपालले बङ्गलादेशलाई हराएमा फाइनलमा पुग्नेछ । यदि यो खेल नतिजाविहीन भएमा नेट रन रेटमा अघि रहँदै बङ्गलादेश फाइनलमा पुग्नेछ ।
यस्तै ‘सुपर–फोर’ बाट भारत फाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको समूह ’ए’ बाट भारत र नेपाल तथा समूह ’बी’ बाट बङ्गलादेश र श्रीलङ्का ’सुपर–फोर’ मा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।