नेपाल–भारत आर्थिक सम्मेलन नयाँ दिल्लीमा शुरू

 पुष ५, २०८१ शुक्रबार १५:१०:२६ | रासस
unn.prixa.net

नयाँ दिल्ली (भारत) – परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ ।

काठमाण्डाै विश्वविद्यालय र भारतको 'इग्रो फाउन्डेशन' काे आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरू भएकाे ‘भारत–नेपाल आर्थिक सम्मेलन’ मा परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गर्नुभएको हो ।

मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गर्नुभयो । उहाँले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रूपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको विद्युत् व्यापार सम्झौताले आउँदाे १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले भर्खरै भारतको प्रसारण लाइनमार्फत बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न सक्षम भएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया