शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – कुवेतमा रहेको नेपाली दूतावासले सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।
वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्त्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर कार्यक्रममा समेट्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा रेमिट्यान्स पठाउने तरिका, यसको प्रवृत्ति र सम्भावनाहरु तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली सङ्घ, नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका प्रतिनिधि र नेपालमा पैसा पठाउने वित्तीय क्षेत्रका सङ्घसंस्थामा कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।