महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष गोलेलाई ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’

 माघ ७, २०८१ सोमबार १५:१७:२९ | रासस
unn.prixa.net

तस्वीर : रासस

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’ बाट सम्मानित हुनुभएको छ । द इन्टरनेशनल अवार्ड फोरम यूएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोले सम्मानित हुनुभएको हो ।

स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा रहँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नीति योजना, कार्यक्रम र बजेट निर्माण तथा कृषि, पर्यावरण र धर्म–संस्कृतिको संरक्षणमा पुर्‍याएको योगदानस्वरूप उपाध्यक्ष गोलेलाई सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उपाध्यक्ष गोलेले गएको असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणमा गर्नुभएको सक्रिय भूमिकाको कदरस्वरूप सम्मान गरिएको आयोजक संस्थाले उल्लेख गरेको छ ।

असोज दोस्रो हप्ताको वर्षासँगैको बाढी पहिरोमा परेर महाङ्काल गाउँपालिकामा मात्रै १३ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता र तीन सय घरपरिवार विस्थापित भएका थिए ।

द इन्टरनेशनल अवार्ड फोरम यूएसएले प्रत्येक वर्ष दक्षिण एशियाली क्षेत्रमा समाजसेवाका क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई विभिन्न ६ वटा विधामा सम्मान गर्दै आएको छ । यस वर्ष नेपालबाट उपाध्यक्ष गोलेले महिला नेतृत्व सम्मान पाउनुभएको हो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया