संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारकाे निर्णय

 माघ ७, २०८१ सोमबार १७:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाण्डाै – सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १८ गते शुक्रवार संसद्को बैठक आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

संसद् अधिवेशन बोलाउने विषयमा आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सरकारले संसद्को अधिवेशन नबोलाउने र अध्यादेशबाट देश चलाउन खोजेको भन्दै विपक्षी दलले आन्दोलनको चेतावनी दिइरहेको बेला सरकारले अधिवेशन आह्वानकाे सिफारिश गरेको हो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया