एपीएफको महिला टोली अपराजित रहँदै टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा

 माघ १६, २०८१ बुधबार १४:३५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरी बल एपीएफको महिला टोली अपराजित रहँदै टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पहिलो क्वालिफायरमा पुगेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको लिग चरणको अन्तिम खेलमा एपीएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले जित्यो । पहिलो क्वालिफायरमा फेरि एपीएफ र टाइगर ग्रुपबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आजै भएको महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेडले सान्त्वना जीत हात पारेको छ । ट्राभल इन्क्वायरीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१८ र चौथो सेट २५–१९ ले जित्यो । आर्मीले तेस्रो सेट २६–२४ ले जित्यो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

प्रतियोगिताको पुरुषतर्फ अहिले हेल्प नेपाल स्पोर्ट्स क्ल र एपीएफ खेलिरहेका छन् । यसपछि भारतको सुनिल क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया