भारतले ५ वर्षमा पहिलो पटक ब्याजदर घटायो
माघ २५, २०८१ शुक्रबार
लमजुङ – जिल्ला मालपोत कार्यालय लमजुङमा कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित भएको छ । नामसारी, घरजग्गासम्बन्धी अन्य काम एवम् आर्थिक कारोबारलगायत रोकिएको छ । कर्मचारीले पनि दुई महिनादेखि तलब पाएका छैनन् ।
बेँसीशहर नगरपालिका–८ फुलबारी चोकमा रहेको कार्यालय प्रमुखविहीन हुँदा कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सकेका छैनन् ।
गएको मङ्सिरमा कार्यालय प्रमुखका रूपमा पुगेका भीष्मकुमार मल्ल पुस १४ गते नै सरुवा भएपछि पोखराबाट रामचन्द्र अधिकारीलाई प्रमुखका रूपमा तोकिएको थियो । तर अधिकारी अहिलेसम्म कार्यालय पुग्नुभएको छैन ।
त्यसअघि पनि पटक–पटक मालपोत कार्यालय प्रमुखविहीन भएको थियो । कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको निमित्त प्रमुख पूर्णबहादुर गुरुङले बताउनुभयो । निमित्त कार्यालय प्रमुखलाई आर्थिक एवम् महत्त्वपूर्ण कार्य गर्ने अधिकार प्राप्त छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।