थाइल्यान्डले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, नेपाल ६ वटै खेलमा पराजित

 माघ २५, २०८१ शुक्रबार १५:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ । आज भएको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो ।

नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर भेटायो । थाइल्यान्डका कप्तान नरुमोल चाइवाईले २७, नन्नापट सुवनचोन्रथीले २३ रन बनाए । नेपालकी कप्तान इन्दु बर्माले २, पूजा महतोले १ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालकी सम्झना खड्काले सबैभन्दा धेरै १७ रन बनाइन् । थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिइन् ।

थाइल्यान्ड ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै नेदरल्यान्ड्स ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा र नेपाल ६ वटै खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रह्यो । नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग ३/३ पटक हार बेहाेर्‍याे ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया