चीनको चन्द्र अभियान दुनियाँकै सबैभन्दा फरक किन ?

 मंसिर २३, २०७५ आइतबार १२:५२:२२ | एजेन्सी
unn.prixa.net


अहिले अमेरिका, युरोप, रुस तथा भारतलगायत दुनियाँका केही अन्य देश चन्द्रमासँग सम्बन्धित विभिन्न जानकारी खोज्ने क्रममा छन् । यसको लागि विभिन्न अभियानहरु सञ्चालनमा आएका छन् । यसै क्रममा चन्द्रमाको सतहको अध्ययन गर्नको लागि चीनले शनिबार एक ल्याण्ड रोवरको प्रक्षेपण गरको छ । 

चीनको सरकारी समाचार एजेन्सी सिन्हवालाई उद्धृत गर्दै पीटीआईले प्रक्षेपण गरेको यो रोवरको नाम चांगी–४ भएको बताएको छ । पौराणिक चिनियाँ कथा अनुसार चन्द्रमालाई चांगई देवीको रुपमा पूजा गरिन्छ । चीनको अन्तरीक्ष एजेन्सीले यो ल्याण्ड रोवरलाई शिचांग प्रक्षेपण केन्द्रस्थित मार्च–३ बी रकेटको साथ अन्तरीक्षमा पठाएको हो । 

यो रोवर अन्तरीक्षमा नयाँ वर्ष अर्थात सन् २०१९ सम्म पुग्ने अपेक्षा गरिएको छ । बाँकी देशका अभियानको तुलनमा चीनको यो प्रयास एकदमै फरक छ । यो पहिलो पटक हो जुन धर्तीबाट चन्द्रमामा पठाएको कुनै पनि उपकरण चन्द्रमाको त्यो सतहमा पुग्नेछ जुन भाग पृथ्वीबाट देखिँदैन । अहिलेसम्म पठाएका सबै उपकरणहरु पृथ्वीबाट देखिने ठाउँमा मात्र प्रक्षेपण हुने गरेका थिए ।

वैज्ञानिकका अनुसार पृथ्वीतर्फ फर्केको चन्द्रमाको भाग समतल छ । यसकारण यो ठाउँमा यस्ता उपकरणहरु उत्रन सजिलो हुने गर्छ । यसको ठिक विपरित चन्द्रमाको चन्द्रमाको अर्कोपट्टिको भूभागमा भने खाल्डाखुल्डी भएको पाइएको छ ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया