खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अभिनेता नेता सलमान खानका साथ बलिउड डेब्यू गरेकी अभिनेत्री जरीन खान दुर्घटनामा परेकी छिन् ।
भारतको गोवामा जरीन खानको कारमा एक मोटर साइकल यात्री ठोक्किँदा दुर्घटना भएको हो । तीव्र गतिमा गुडिरहेको कारमा पछाडीबाट मोटर साइकल ठोक्किएको हो ।
दुर्घटनापछि जरीन र उनको टिमले घाइते मोटर साइकल चालकलाई अस्पताल पुर्याएका थिए । तर ती व्यक्तिको अस्पालमै मृत्यु भयो । खबरहरुका अनुसार ती मोटरसाइकल यात्रीले हेलमेट लगाएका थिएनन् । त्यसै कारण उनको टाउकोमा गहिरो चोट लागेकाले ज्यान गएको हो ।
दुर्घटनालगत्तै अस्पताल पुर्याएपछि डाक्टरहरुले उनको ज्यान बचाउन सकेनन् । अभिनेत्री जरीन खानलाई पनि चोट लागेको बताइएको छ ।
यो घटना डिसेम्बर १२ बुधबार साँझ ६ बजे घटेको हो । अहिले जरीन खानका ड्राइभरमाथि तीव्र गतिमा लापरवाही गरी गाडी चलाएको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ ।
अभिनेत्री जरीन खानले अभिनेता सलमान खानसँग बलिउड फिल्म ‘वीर’ मार्फत डेब्यु गरेकी थिइन् ।
जरीनको पहिलो फिल्म नै फ्लप भएको थियो भने त्यस पछि पनि उनले बलिउडमा चर्चा कमाउन सकेकी छैनन् । पछिल्लो पटक जरीन फिल्म ‘अक्सर २’ देखिएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।