गुगल खोजको दुरुपयोग, ‘बार गर्ल’ खोज्दा किन आउँछ सोनिया गान्धीको नाम ?

 पुष ६, २०७५ शुक्रबार ९:२३:३१ | एजेन्सी
unn.prixa.net

यो साता चर्चित नेताको नाममा आउने ‘गुगल खोजको नतिजा’ले भारत, अमेरिका र पाकिस्तानमा चर्चा पाएको छ । 

ट्वीटर र फेसबुकका सयौं प्रयोगकर्ता यस्तो दाबी गरेका छन् कि ‘गुगल सर्च इन्जिनामा ‘इडियट’ खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आउने गरेको छ । 

बुधबारदेखि भारतमा पनि यस्तै किसिमको कुराले चर्चा पाएको छ । ‘बार गर्ल इन इण्डिया’ वा ‘इटालियन बार गर्ल’ गुगल गर्दा कांग्रेस अध्यक्ष राहुल गान्धीकी आमा सोनिया गान्धीलाई देखाएको अधिकांश भारतीयहरुले दाबी गरेका छन् ।  

गुगल ट्रेन्डसका अनुसार १९ डिसेम्बरमा दिन भारतमा अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया सर्च भएको पाइएको छ । भारतको उत्तराखण्ड, झारखण्ड, छत्तीसगढ, राजस्थान र उत्तर प्रदेशका मानिसले अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया खोजी गरेका थिए ।  

कसरी आयो सोनिया गान्धीको नाम ?

सामाजिक सन्जाल प्रयोगकर्ताले ‘बार गर्ल इन इण्डिया’ भन्दा कसरी आयो सोनिया गान्धीको तस्बिर भनेर प्रश्न गरेका छन् । 

यसअघि इडियट खोज्दा अमेरिकी राष्ट्रपति ट्रम्पलाई देखाइएको बारेमा गुगलले जवाफ नै दिनुपरेको थियो । गुगलका अधिकारीका अनुसार जुन शब्दमा प्रयोगकर्ताले कोही नेताको नाम खोजी गर्छन् यसको असर खोजीको नतिजामा पर्छ । 

भारतमा पाँच राज्यको विधानसभा चुनावको नतिजा आएपछि सोनिया गान्धीको विरुद्धमा सामाजिक सन्जालमा एउटा अभियान चलाइएको थियो । केही समूहले सामाजिक सन्जालमा सोनिया राजीव गान्धीसँग विवाह गरेर भारत आउनु अघि इटालीमा बार डान्सर रहेको आरोप लगाएका थिए ।

केही फेसबुक प्रयोगकर्ता तस्बिर समेत राखेर इटालियन बार गर्ल इन इण्डिया सर्च गर्न आग्रह पनि गरेका थिए ।

माइक्रो ब्लगिंग साइट ‘कोरा’ मा पनि यससँग सम्बन्धिछ प्रश्न सोधिएको छ ।

केही समय अगाडि हलिउड कलाकार मर्लिन मुनरोको सन् १९५५ मा आएको एउटा चलचित्रको  पोस्ट एडिट गरेर त्यसलाई सोनिया गान्धिको तस्बिर बनाइएको थियो । साथै तस्बिरलाई शेयर गर्दै राहुल र सोनियाको विरुद्धमा अभद्र टिप्पणी पनि भएको थियो । 

– बीबीसी हिन्दीबाट 


 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया