टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
संखुवासभा – अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको फ्याक्सिन्दामा पुरिएका चारजना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार गरिएको छ ।
शुक्रबार राती ९ बजेतिर पहिरो खसेपछि पुरिएका कालिकोटको सिउना गाउ“पालिका ४ का प्रदीप शाही, जुम्लाको चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारतको बिहारका नन्द किसोरको आइतबार सकुशल उद्धार गरिएको संखुवासभाका प्रहरी नायव उपरिक्षक श्यामकुमार सारु मगरले जानकारी दिनुभयो ।
उनीहरुको खोजीका लागि शनिबार दिउँसोदेखि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयवासीन्दा ६ वटा स्काभेटरसहित उद्धारमा खटिएका थिए । ठुलो पहिरो गएकाले उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गर्दै प्रहरीले सकुशल उद्धार गर्ने सम्भावना नरहेको बताएपनि शनिवार दिउँसोदेखि खोज तथा उद्धारको काम थालेको थियो ।
उद्धार गरिएका चारैजनालाई घटनास्थलमै स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरिरहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि डिएसपी सारुमगरले जानकारी दिनुभयो । सुरुङमा बिस्फोट गराईसकेपछि सफा गर्न गएका उनीहरु पहिरोमा फसेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
kumar Gajmer
June 17, 2018, 2:12 p.m.अति राम्रो काम #उद्दार मा खटिएका हरुप्रति सेल्युट। #चारै जनाको स्वास्थ लाभको कामना।