फिल्म निर्माणको तयारीमा दीपक मनाङ्गे

 माघ २, २०७५ बुधबार १७:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश न ४ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनाङ्गे’ फिल्म निर्माणमा पुनः होमिने भएका छन् ।

अनटाइटल प्रोजेक्टलाई ‘तिमीसँग’ फ्रेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्नेछन । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई फिल्म साइन गराएका हुन ।

रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन् । कलाकार तय भैनसकेको फिल्मले विवाह पछिको दम्पतिको प्रेम कथा बोल्ने बुझिएको छ । निर्देशकले यसलाई ‘सोसल ड्रामा’ भनेका छन ।

फिल्मको प्रि–प्रोडक्सन भित्र १ गीत रेकर्ड भैसकेको छ भने स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा छ । ‘अब कलाकार चयनको काम चलिरहेको छ । विवाह पछाडिको प्रेम भएकाले फिल्ममा अलि पाको उमेरको कलाकार खोजिरहेका छौँ’, निर्देशक राणाले भने ।

चैत अन्तिमतिरबाट छायांकन जाने लक्ष्य लिएको फिल्मको बाँकी टिम पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने राणाले बताए ।
 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया