‘गुत्थी’ र ‘डा‌. गुलाटी’ का नामले चर्चित सुनील ग्रोवर छिट्टै कपिल शर्माको शोमा फर्कँदै

 माघ ३, २०७५ बिहीबार १३:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय चर्चित कमेडियन कपिल शर्मा र सुनील ग्रोबरबीचको फाटेको सम्बन्धमा अहिले आएर केही सुधार भएको छ । 

केही समयअघि मात्रै सुनीलले कपिल शर्मालाई विवाहको शुभकामना दिएका थिए । अहिले फेरि कपिल शर्माले उनकी आमाको जन्मदिनको अवसरमा फोटो पोष्ट गर्दै शुभकामना दिएका थिए । उक्त पोष्टमा सुनील ग्रोवरले पनि कपिलकी आमालाई जन्मदिनको शुभकामना दिएका छन् । 

सुनील ग्रोवरले कपिलको ट्वीटमा गरेको कमेन्टका कारण सुनीलले कपिलसँगको मित्रताको लागि अघि बढिरहेको खबरहरु सार्वजनिक भएका छन् । साथै अब छिट्टै नै कपिलको शोमा सुनील ग्रोवर गुत्थीको रुपमा फर्किन सक्ने बताइएको छ । 

यस खबरले कपिल र सुनिलका फ्यानहरु पनि यो जोडीलाई एकसाथ देख्न पाउने भएकाले खुशी भएका छन् । कपिल शर्मा र सुनील ग्रोवरबीच सन् २०१७ मा अष्टे«ेलियाको टुरबाट फर्कने क्रममा झगडा भएको थियो । त्यो झगडा पछि सुनीलले कपिलको शो छोडेका थिए । 

कपिल र सुनील छुट्टिएपछि यी दुवैका नजिकका साथीहरुले दुवैलाई मिलाउन धेरै प्रयास पनि गरेका थिए तर त्यो सफल हुन सकेन । बलिउडका दबंग सलमान खान स्वयंले पनि यी दुईबीचको विवाद सुल्झाउन कोशिश गरेका थिए । 

अहिले सुनील ग्रोवर स्वयंले कपिल शर्माप्रति देखाएको व्यवहारले अब उनी कपिलको शो मा आउने तयारी गरिरहेको बताइएको छ । 

कपिल शर्माले उनको चर्चित शो भर्खरै सुरु गरेका छन् । यस शो को निर्माण स्वयं सलमान खानले गरिरहेका छन् । ‘द कपिल शर्मा शो’ को पहिलो एपिसोड देखिनै दर्शकले निकै रुचाइरहेका छन् भने टिआरपी रेटिङमा पनि यो शो अग्रस्थानमा छ । 

सुनील ग्रोवरको टेलिभिजन शो ‘कानपुरवाले खुराना’ पनि बन्द हुने क्रममा छ । एक अन्तरवार्तामा सुनीलले यो शो को १६ वटा एपिसोड लागि मात्रै छायांकन गरिएको र समय अभावका कारण बन्द भइरहेको बताएका थिए । 

साथै उनी सलमान खानसँग फिल्म ‘भारत’को छायांकनमा व्यस्त भएका कारण शो छोडिरहेको बताएका थिए । 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया