अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
सन् १९९४ को सलमान खान र आमिर खानको सुपरहिट फिल्म ‘अन्दाज अपना अपना’को रिमेक बन्ने खबर सार्वजनिक भएसँगै यस फिल्मका अभिनेताहरुको पनि चर्चा भइरहेको छ ।
हालै सार्वजनिक खबरहरुका अनुसार यस फिल्ममा अभिनेता रणवीर सिंह र वरुण धवनले अमर र प्रेमको भूमिका निर्वाह गर्ने बताइएको छ ।
९० को दशकको सुपरहिट कमेडी फिल्म ‘अन्दाज अपना अपना’ को निर्देशन राज कुमार सन्तोषीले गरेका थिए । र अब बन्ने यस फिल्मको निर्माण विनय सिन्हा र प्रीति सिन्हाले गर्नेछन् ।
२५ वर्ष अघिको फिल्म ‘अन्दाज अपना अपना’ मा अभिनेत्री रविना टण्डन, करिश्मा कपूरको पनि मुख्य भूमिका थियो । साथै यस फिल्मबाट शक्ति कपूर क्राइम मास्टर गोगोको रुपमा निकै नै चर्चित भएका थिए ।
खबरहरुका अनुसार अब बन्ने फिल्म ‘अन्दाज अपना अपना’को पुरानो फिल्मको कथा र परिवेशसँग कुनै सम्बन्ध हुनेछैन । अब बन्ने फिल्ममा कथा तथा परिवेश नयाँ हुनेछ ।
फिल्ममा अमरको भूमिकाको लागि रणवीर सिंहलाई र प्रेमको भूमिकामा वरुण धवनलाई अप्रोच गरिएको छ । अभिनेता रणवीर सिंह र वरुण धवन वास्तविक जीवनमा पनि असल साथी भएका कारण यो जोडीले फिल्म मार्फत पनि दर्शकको मन जित्न सफलहुने चर्चा चलिरहेको छ ।
रणवीर र वरुण कुनै पार्टी वा कार्यक्रममा भेट हुँदा एकअर्कासँग रमाइलो गरिरहेका देखिन्छन् । तर फिल्ममा भने यी दुवै पहिलो पल्ट एकसाथ स्क्रिन शेयर गर्नेछन् । अहिले भने अभिनेता वरुण धवन उनको फिल्म ‘एबीसिडी ३’ को छायांकनमा व्यस्त छन् ।
अभिनेता रणवीर सिंहको फिल्म ‘सिम्बा’ ले यतिबेला बक्स अफिसमा धमाकेदार कमाइ गर्दै सुपरहिट भइसकेको छ भने उनको अर्को फिल्म ‘गली ब्वाय’ फेब्रअरी १४ मा प्रदर्शन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।