अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबलाबादक तुंगनाथ उपाध्यायकी कान्छी छोरी गुञ्जन उपाध्यायले अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउँदै अघि बढिरहेकी छिन् ।
हाल परिवारसँग अमेरिकामा बस्दै आएकी गुञ्जनलाई उनका बुबा तुंगनाथले बच्चैदेखि गायन तथा संगीतको क्षेत्रमा डोर्याएका हुन् ।
बाबाको साथमा काठमाडौं मालीगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबलाबादक पं. होमनाथ उपाध्यायले स्थापना गरेकाे ‘प्रस्तार’ समूहको साधना नजिकबाट अनुभव गर्ने मौका पाइन् । यसले पनि उनलाई सांगितिक क्षेत्रमा लाग्न थप उर्जा र ज्ञान मिल्यो ।
बागबजारकाे केएमसी कलेजमा पढाइ चलिरहेकै बेला उनी अमेरिकातिर लागिन् । त्यतिबेला उनी चण्डी काफ्लेसित शास्त्रिय संगीत सिक्दै थिइन् भने गुरू पं होमनाथ उपाध्याय र सन्तोष वर्मासंग तबला पनि सिकिरहेकी थिइन् ।
उनले माधुरी ताई, पद्मविभुषण रामदेश पाण्डेकी श्रीमती अर्चना देशपाण्डे आदि गुरूहरुबाट पनि केही समय गायन सिकिन् । उनले काठमाण्डौमै प्रवीण बुडापिर्थी सँग केही समय पियानो समेत सिकिन् ।
गुञ्जनको घरमा सांगीतिक माहोल रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिइन् भने दिदी अन्तराले गुरु गोपालनाथ योगी, रुपक र नोर्वु छिरिङबाट भायोलिन । गुञ्जनका बुुवा तुंगनाथ स्कुलहरुमा र स्कुल बाहिर सांगीतिक कार्यक्रमहरु चलाउँथे ।
नेपालबाट अमेरिका पुगेपछि पढाइको साथसाथै उनको सांगीतिक यात्राले पनि उचाइ लियाे । अहिले विभिन्न कार्यक्रमहरुमा उनका प्रस्तुतिले विशेष महत्व पाउँदै गैरहेका छन् ।
उनी अमेरिमामा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा गाउँथिन् । त्यसै क्रममा सन् २०१३ मा नेपालीहरुद्धारा संचालित संस्था ए.एन.ए.को सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिएर प्रथम पनि भइन् । यसले उनलाई थप हौसला प्रदान गर्दै थप उचाइमा पुर्यायो ।
सन् २०१५ मा ट्वान्टि आवर्स रेडियो स्टेसनले आयोजना गरेको ‘ट्यालेन्ट सिंगिंग कम्पिटिसनमा’ पनि भाग लिइन् । डालसका ६० उत्कृष्ट सहभागीमध्ये हिन्दी गीतमा उनीमात्र एक नेपाली चेली थिइन् जसले फस्ट रनर अपको उपाधि हात पारिन् ।
उनले गाएका विभिन्न कभर गीत पनि दर्शकले रुचाएका छन् । हाइलाइट्स नेपालमार्फत केही समयअगाडि मात्र उनले आफ्ना बुवाको शब्द तथा संगीतमा ‘माया कस्तो लाएँ’ बोलको गीत दर्शकमाझ प्रस्तुत गरेकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।