एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
पुस ३, २०८१ बुधबार
राम्री र चिटिक्क परेकी युवतीलाई देख्नासाथ धेरैले भन्ने गर्छन् – ‘ओहो हिरोइन जस्तै’ । हिरोइन भनेको धेरै राम्री केटी हो भन्ने धेरैको बुझाइ छ । तर हिरोइनको अर्थ राम्री र सुन्दरी मात्रै होइन ।
चिटिक्क परेको अनुहार, जिउडाल मात्रै नभएर सिनेमाको लागि अभिनय पनि चाहिन्छ । यसै सेरोफेरोमा रहेर उज्यालोकर्मी दीपा तिमल्सिनाले अभिनेत्री सुरक्षा पन्तसँग कुराकानी गर्नुभएको छ ।
यो जाडोमा पनि पातलो कपडा लगाउनु भएको छ ? अभिनेत्रीहरुलाई धेरै जाडो हुँदैन हो ?
त्यस्तो होइन । मैले लगाएको यो कपडा पातलो भए पनि न्यानो छ । म लुगाको धेरै भारी बोक्न रुचाउँदिनँ, त्यसैले पतलो तर न्यानो लुगा लगाउँछु ।
कसैले ब्यूटीफूल वा सेक्सी भन्यो भने रिसाउनु हुन्छ कि हुँदैन ?
हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक कुराले छिट्टै चर्चा पाउँछ । ब्यूटीफूल र सेक्सी भन्नेले पनि मन मैलो नबनाइकन भन्नु पर्दछ र लिनेले पनि यसलाई अँध्यारो मुख लाउनु पर्ने अवस्था छैन ।
तपाईं अभिनेत्री की नायिका ?
म अभिनेत्री भन्न रुचाउँछु । तर अभिनयको चेत फैलिन अझै धेरै लामो समय लाग्न सक्छ ।
यिनै कारणले हो तपाईं ओझेलमा परेको ?
सायद, त्यो पनि कारण हुन सक्छ । चिटिक्क परेर हिँड्ने, नक्कल झक्कल पार्ने, मिडियामा अलि बढी हाइलाइट हुन खोज्नेहरु छिट्टै चर्चामा आउँछन् । म जीवन्त प्राकृतिक अभिनय रुचाउँछु ।
अभिनेत्रीलाई दिइने पारिश्रमिकमा केही सुधार आएको छ कि अवस्था उस्तै छ ?
कहीँ कतै केही सुधार भएको छ । तर पारिश्रमिकमा जति सुधार हुनु पर्ने हो त्यो अझै हुन सकेको छैन । अभिनेता एवं नायकको तुलनामा नायिका एवं अभिनेत्रीको खर्च थोरै हुन्छ । तर अभिनेत्रीलाई मेकअप, लुगा र महिनावारीको समयमा प्याडदेखि लिएर धेरै कुरा आवश्यक पर्छ । अझ केही अभिनेत्री त घरको सहयोग नपाउँदा एक्लै बसेर पनि संघर्ष गरिरहेका छन् । सबै खर्च जोहो गर्नका अहिले दिईने गरेको पारिश्रमिक पर्याप्त छैन ।
नेपाली अभिनेत्रीले पारिश्रमिक डिमाण्ड गर्न नै नसकेको हो ?
त्यो पनि एउटा कारक तत्वचाहिँ हो । तर यो मात्र एक होइन । अभिनय गर्ने रुची हुन्छ । पारिश्रमिकको कुरा उठायौँ भने बाठी भएका भनिन्छ । (लामो हासो हास्ँदै)..., फेरि धेरै बोल्यो भनेर काम नपाउन पनि सकिन्छ ।
स्कुटरमा धेरै ओहोरदोहोर गर्नुहुन्छ, मेन्टेन गर्न कत्तिको गाह्रो छ ?
खासै गाह्रो छैन मलाई । म खासै सेलिब्रेटी पनि भइसकेको छ्रैन । कमाई पनि त्यस्तो धेरै छैन । म फेसनका कपडाभन्दा अति आवश्यक कुरालाई मात्र बढी जोड दिन्छु । अहिले मैले लगाउने कपडा सबै पुराना हुन् । पहिले पहिले कपडा किनेर राख्ने धेरै शोख थियो ।
उतिबेलाका कपडा अहिले लगाइरहेको छु । अभिनेत्री नै भनेर नयाँ खरिद गर्ने अवस्था छैन । म त्यस्तो सेलिब्रेटी पनि भइसकेको छैन, अनि म सँग त्यति धेरै पैसा पनि छैन ता कि म नयाँ नयाँ फेसनमा आएका कपडा खरिद गरौँ ...। (हास्ँदै)।
बाहिर हिँडडुल गर्दा मेकअप गर्नु हुन्छ कि गर्नुहुन्न ?
धेरैजसो म मेकअप नगरिकनै हिँडुछु । मलाई पुरानै कपडामा मेकअप विना हिँड्दा आनन्द आउँछ । मलाई बाटोघाटोमा भेट्नेले कता कता देखेको हो तपाईंलाई भन्छन् । ठ्याक्कै ठम्याउन सक्दैनन् । फेरि मसँग मेकअप गर्ने कला पनि छैन । सिक्दैछु, बिस्तारै ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।