चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - डा.रेणुका थापा ‘सोलु’को ‘चिराक’ उपन्यास शनिबार प्रज्ञा भवन कमलादीमो विमोचन गरिएको छ ।
नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा सुदूरपश्चिम नेपालको भुगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ ।
महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभइ शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतार्नु भएको छ ।
विमोचन कार्यक्रममा बोल्दै समालोचक प्रा.डा.लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवारभित्रको महिला हिंसा उजागर भएका पाटो रहेको टिप्पणी गर्नुभयो ।
पढाइमा समेत तेज उपन्यासकी मूलपात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाइँमा चिराक बनेर उभिन्छिन् भन्ने सन्देश पुस्तकले दिन्छ ।
यौन मनोविज्ञान, पुरुष प्रधान समाज र मानसिकताले जकडिएको समाजका खराब पक्षलाई पुस्तकमा पृथक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले वताउनुभयो ।
यस्तै अर्का समालोचक प्रा.डा.ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनुपर्ने बताउनुभयो । त्यसका लागि साहित्यिक कृतिमार्फत लेखकले न्याय गरेको उहाँको टिप्पणी छ ।
अर्की साहित्यकार माया ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिँडिसकेको बताउनुभयो । पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेटिनु असाधारण भएको उहाँले बताउनुभयो ।
लेखक ‘सोलु’ले उपन्यासमा साहित्यिक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको त्यस्तै ल्याउन झर्रा शब्दहरुलाई बढी प्रयोग गरिएको बताउनुभयो ।
लेखक रेणुका ‘सोलु’को यो दोस्रो उपन्यास हो । यसअघि उहाँको उपन्यास ‘भिरमह’ बजारमा आएको छ ।
त्यस्तै ‘गुलाफ फूल्न खोज्दा’ आत्मसंस्मरण, ‘अस्तित्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार विपीका नारीपात्रमा नीतिी चेतना’ समालोचना लगायत १२ वटा कृतिहरु प्रकाशित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।