अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
भारतीय अभिनेतृ कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ यही जनवरी २४ मा रिलिज हुँदैछ ।
तर रिलिज हुनु अघि नै यो फिल्म पनि विवादमा परेको छ । यस अघि फिल्म ‘पद्मावत’ को चर्को विरोध गरेको करणी सेनाले फिल्म ‘मणिकर्णिका’ को पनि विरोध गर्दै धम्की दिएको छ ।
यस अघि आफ्नो फिल्म ‘पद्माावत’ को विरोध हुँदा अभिनेत्री दीपिका पादुकोण कुनै प्रतिक्रिया नदिएर चुप लागेकी थिइन् । तर अभिनेत्री कंगना रनावतले भने धम्की दिने करणी सेनालाई कडा जवाफ फर्काएकी छिन् ।
कंगनाले करणी सेनाको धम्कीको जवाफमा भनेकी छिन्, ‘म कसैसँग डराउँदिन । म नलडिकन यत्तिकै हिम्मत हार्ने छैन । चारजना इतिहासकारले फिल्म ‘मनिकर्णिका’ हेरिसकेका छन् । सेन्सर बोर्डले पनि यस फिल्मलाई सर्टिफिकेट दिइसकेको छ ।
हामीले यी सबै कुरा करणी सेनालाई बताइसकेका छौँ । तर पनि उनीहरु हामीलाई लगातार दुख दिइरहेका छन् । यदि करणी सेनाले यो काम बन्द गरेन भने म पनि एक राजपुत हुँ । एक–एकलाई नष्ट गरिदिनेछु।’
करणी सेनाले फिल्म ‘मणिकर्णिका’ मा झाँसीकी रानी, लक्ष्मी बाईको भूमिकालाई गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप लगाएका छन् ।
उनीहरुले फिल्म रिलिज हुनुअगाडि आफूहरुलाई फिल्म देखाउनुपर्ने माग गरिरहेका छन् । यदि यसो गरिएन भने फिल्म रिलिज हुन नदिने धम्की दिइरहेका छन् । साथै फिल्म हलमा समेत तोडफोड गर्ने धम्की पनि दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।