अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
बलिउड अभिनेतृ सारा अली खान आमा अमृता सिंहका साथ प्रहरी कार्यालय पुगेकी छिन् । अभिनेतृ अमृता सिंह एक भू–माफिया विरुद्ध मुद्धा दर्ता गर्न प्रहरी कार्यालय पुगेकी हुन् ।
अमृता सिंहका भाइ तथा भारतीय लेखक मधुसूदन बिम्मेटको गत शनिबार निधन भएको थियो । भाइको निधनपछि उनको सम्पत्तिका लागि विवाद सुरु भएको छ ।
अमृताका भाइ मधुसूदन क्यान्सर पिडित थिए । उनको मृत्यु भएपछि अमृता सिंह छोरी सारालाई लिएर अन्तिम संस्कारका लागि घर पुगेकी थिइन् । अमृताले नै भाइको अन्तिम संस्कार पनि गरेकी थिइन् । त्यसपछि उनी प्रहरी कार्यालय गएर एउटा मद्धा दर्ता गराएकी छिन् ।
अमृताका भाइ एक्लै बस्ने गर्थे । उनको सम्पत्तिमा भू–माफियाले आँखा लगाएर बसेका कारण उनको परिवार फर्किएर नआएसम्मका लागि प्रहरीले सुरक्षा दिनुपर्ने भन्दै मुद्धा दर्ताका लागि अमृता छोरी साराका साथ प्रहरी कार्यलय पुगेकी हुन् ।
अमृता सिंहका भाइको नाममा ४ एकड जमिनसहित करोडौंको सम्पत्ति रहेको छ । तर उक्त सम्पत्तिको हकवाला अरु कोही पनि नभएकै कारण अमृता सिंहले आफ्नो सम्पत्ति मुम्बई पुग्नुभन्दा अघि कोही अरुले कब्जा नगरुन् भन्नका लागि प्रहरी समक्ष पुगेकी थिइन् ।
तर अमृता सिंहका भाइको हेरचाह गरिरहेका खुशीराम नामका व्यक्तिले भने अमृतामाथि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘भाइ बिरामी हुँदा, आफन्तको खाँचो पर्दा सहयोगका लागि कोही पनि आएनन् तर अहिले सम्पत्तिको हकवाला बनेर अमृता सिंह आएकी छिन् ।’
अमृता सिंहले भने प्रहरी प्रमुखसमक्ष आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।